December 6th, 2018

राष्ट्र बैंकले बैंकहरुमा १० अर्ब मुद्धति निक्षेप राख्ने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ मुद्धति निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्ने भएको छ । केन्द्रीय बैंकले आगामी पुस १ गतेदेखि २०७६ मंसिर ३० गतेसम्मका लागि त्रैमासिक रुपमा ब्याज भुक्तानी पाउने गरि सो रकम लगानी गर्न चाहेको हो ।

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरु र राष्ट्रिय स्तरका वित्त कम्पनीहरुसँग एक वर्षे मुद्धती निक्षेपमा सो रकम राख्ने प्रस्ताव गरेको छ । केन्द्रीय बैंकले “क” वर्गका वाणिज्य बैंकहरुमा ८ अर्ब १२ करोड ६९ लाख, “ख” वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा एक अर्ब ५२ करोड ३८ लाख रुपैयाँ र “ग” वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुले ५० करोड ७९ लाख रुपैयाँ निक्षेप राख्नेछ ।

निक्षेप लगानी गर्न चाहने बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर सहित मंसिर २३ गते आइतबार अपरान्ह ३ बजेसम्म शिलबन्दी दरभाउपत्र आवेदन दिन सक्नेछन् । ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]