December 6th, 2018

विकास बैंक र फाइनान्स कम्पनीको व्याजदर नबढ्ने

बैंकिङ खबर । बाणिज्य बैंकहरुले व्याजदर बढाए पनि विकास बैंक र फाइनान्स कम्पनीहरुले नबढाउने भएका छन् । फाइनान्सहरुले औपचारिक रुपमा नै व्याजदर १२ प्रतिशतमा कायम राख्ने निर्णय गरिसकेका छनु । विकास बैंकहरुले पनि १२ प्रतिशतभन्दा माथि नजाने अनौपचारिक सहमति गरेका छन् । 

वाणिज्य बैंकहरुले भने व्याजदर १३ प्रतिशतसम्म पुर्याइसकेका छन् । यसअघि बैंकहरुबीच भएको भद्र सहमतिका कारण व्याजदर बढाउन नसकेका बैंकहरुले सहमित खारेज भएको भोलिपल्टदेखि नै धमाधम नयाँ व्याजदर निर्धारण गर्न थालेका छन् । बैंकर्स संघको बैठकले व्यक्तिगत मुद्धति निक्षेपमा लगाएको अधिकतम सीमा हटाएसँगै बैंकहरु व्याजदर बढाउन थालेका हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]