Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकहरुबीचको व्याजदर सहमति खारेज, अब चाहेजति व्याज दिन सक्ने

२०७५ मंसिर १८ गते

बैंकिङ खबर । अब बैंकमा व्यक्तिगत मुद्धति निक्षेप राख्दा वार्गेनिङ गर्न पाइने भएको छ । मंगलबारको बैंकर्स संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपमा विगतमा भएको सहमति खारेज गरेर बैंकले आफूलाई मन लागेजति ब्याज दिनसक्ने ब्यवस्था गरेको छ । बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुँदा अर्थतन्त्रलाई नै समस्या पर्ने भन्दै लामो समयदेखि बैंकर्स संघले भद्र सहमति गरेर ब्याजदर तोकेको थियो । यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा साढे १० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति थियो ।

संस्थागत निक्षेपका लागि भने बैंकर्स संघले अवधि तोकेको छ । १० वर्षका लागि ११ प्रतिशत भन्दा बढी ब्याज दिन नपाइने र १० वर्षभन्दा माथि भए निक्षेपकर्ता र बैंकको आपसी सहमतिमा जतिपनि ब्याज दिन सक्नेछन् ।

बचतमा भने निकै कम व्याज पाइने भएको छ । विगतमा भएको न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याज दिनुपर्ने भन्ने सहमतिलाई संशोधन गरेर बैकर्स संघले बचतको ब्याजदरको न्यूनतम सीमा हटाएको छ ।

बैंकर्स संघले सहमति खारेज गरसँगै जनता बैंकले व्यक्तिगत निक्षेपको व्याजदर बढाएर १२ प्रतित पुर्याएको छ ।१२ प्रतिशत ब्याज पाउनका लागि १ लाख रुपैयाँ खातामा राख्नु पर्छ। कम्तिमा ७५ दिनका लागि खाता खोल्नु पर्ने छ। बैंकले सबै बचत खाताको ब्याज दर सात प्रतिशत पुर्याएको छ। 

Ad