बैंकिङ खबर । वाणिज्य बैंकहरुले स्थानीय निकायका खाताहरुमा जम्मा भएको रकमलाई निक्षेपको रुपमा राख्न पाउने भएका छन् । अर्थमन्त्रालयले ग वर्गको खातामा रहेको रकमको ५० प्रतिशत रकम वाणिज्य बैंकहरुलाई चलाउन बाटो खोलिदिएको छ । यसअघि स्थानीय तहको खातामा जम्मा भएको रकम तुरुन्त राष्ट्र बैंकले खिच्ने गरेको थियो ।
देशभर बिभिन्न बाणिज्य बैकका गरी ६२८ बटा शाखामा स्थानीय निकायका खाता छ । ग बर्गको खातामा केन्द्रबाट स्थानीय निकायका लागि गएको अनुदान र स्थानीय निकायले संकलन गरेको राजस्वको रकम हुन्छ ।
अहिले स्थानीय तहको खातामा ८० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ४० अर्ब रुपैयाँ वाणिज्य बैंकहरुले चलाउने छन् । जुन स्थानीय निकायको खाता जुन स्थानीय बाणिज्य बैकको शाखामा छ, सोही बैकले मात्र सो निक्षेप प्रयोग गर्न पाँउछ ।
४० अर्ब रुपैयाँ पाएपछि बैंकहरुको सिसिडी रेसियो ७९ प्रतिशतबाट तल झरेको छ । ४० अर्बको ८० प्रतिशत रकम बैंकहरुले ऋण दिनसमेत पाउँछन् । जसअनुसार, बैंकहरुले एकै ३२ अर्ब रुपैयाँ लगानीयोग्य पूँजी पाएका छन् ।