Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

पुनर्निर्माणसँगै घर बिमा गर्ने प्रस्ताव किन स्विकारेन प्राधिकरणले ?

admin २०७३ जेष्ठ १४ गते
सेयर:

Bhukampa-punarnirmanभूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि गठन भएको पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित क्षेत्रमा आवास बिमा गर्न अस्विकार गरेको छ । बीमा समितिले जनताको आवास निर्माण गर्दा घर बीमालाई समेतसँगै लैजान गरेको प्रस्ताव प्राधीकरणले अस्विकार गरेको हो । समितिले भूकम्प प्रभावित जिल्लाका जनताको आवास निर्माण गर्नका लागि बैकहरुसंगै बीमालाई पनि समेटेर लैजान आग्रह गरेको थियो । प्राधिकरण भने भौगोलिक कारण देखाउँदै सबै बीमा कम्पनीहरु भूकम्प प्रभावित ठाँउहरुमा पुग्न नसक्ने बताउँदै आएको छ । समितीको प्रस्तावको विषयमा भने सोचेर अगाडि बढ्ने प्राधिकरणले जनाएको छ । 

हाल बीमा समितिको नियमअनुसार बाली तथा पशुपन्छी बीमा व्यवसायलाई प्रवद्र्धन गर्नका लागि नेपालका विभिन्न जिल्लामा बिमा कम्पनीहरु गइसकेका छन् । भूकम्प प्रभावित जिल्लाहरुमा विभिन्न जीवन तथा निर्जिवन बिमा कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आएका छन् । भूकम्पले भत्काएका संरचनाको निर्माणका लागि सरकारले १ सय २० अर्ब रकम खर्च गर्ने तयारी गरेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।