बैंकिङ खबर । लघुवित्तकर्मीहरुले लघुवित्त वित्तीय संस्थामा गैर सरकारी संस्थाहरुले लगानी गर्न गर्न नपाउने निर्देशन खारेज गर्न उद्योग मन्त्रालयलाई अनुरोध गर्ने भएका छन् । दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा जारी गरिएको १५ बुँदे घोषणापत्रमा सो कुरा उल्लेख गरिएको छ ।
नेपालको लघुवित्त कार्यक्रममा प्रभावकारी भूमिका खेलेका गैरसरकारी संस्थाहरुलाई उद्योग मन्त्रालय अन्तर्गत कम्पनी रजिष्ट्रार कार्यालयले अप्राकृतिक संस्था भनी उनीहरुले लघुवित्त संस्थाहरुमा लगानी गरेको संस्थापक सेयर विक्री गर्न निर्देशन दिएको छ । यो निर्देशन कम्पनी ऐन विपरीत भएकाले खारेज गरिनुपर्ने लघुवित्तकर्मीहरुको ठहर छ ।
नेपालमा लघुवित्तको विकासमा निर्धन, सिएसडी, छिमेक लगायतका गैरसरकारी संस्थाहरुहरु ठूलो योगदान रहेको छ । नेपालको अधिकांश क्षेत्रमा यीनै संस्थाहरुले लघुवित्त सेवा दिएर विपन्न वर्गको जीवनस्तर उकासिरहेका छन् ।