December 3rd, 2018

लघुवित्त कार्यक्रम संचालन नगरेका संस्थालाई नयाँ लाइसेन्स नदिन लघुवित्तकर्मीहरुको माग

बैंकिङ खबर । लघुवित्त कार्यक्रम संचालन गर्दै आएका संस्थाहरुबाहेक नयाँ लघुवित्त संस्था दर्ता नगर्न लघुवित्तकर्मीहरुले नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने भएका छन् । दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा सहभागी लघुवित्तकर्मीहरुले यस्तो निर्णय गरेका हुन् ।

हाल नेपालमा ६९ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । अहिले नेपाल राष्ट्र बैंकले लघुवित्त संचालनका लागि नयाँ आवेदन लिन बन्द गरेको छ । यद्यपि, निवेदन परिसकेका लघुवित्तलाई धमाधम लाइसेन्स दिइरहेको छ । निवेदन परेका सबै लघुवित्तलाई लाइसेन्स दिँदा यो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको संख्या करिब ११५ पुग्नेछ । लघुवित्तकर्मीहरुले भने निवेदन परेकाहरुमध्ये लघुवित्त कार्यक्रम संचालन गरिरहेका संस्थाहरुलाई मात्रै संचालन अनुमति दिन नियामक निकायलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।