December 2nd, 2018

पूराना नौ जीवन बीमा कम्पनी : पहिलो त्रैमासमा कुनको अवस्था कस्तो ?

बैंकिङ खबर । हाल नेपालमा १८ वटा जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् । १८ वटा मध्ये ९ वटा पहिले नै संचालनमा रहेका थिए भने नौ वटा नयाँ कम्पनीको रुपमा संचालनमा आएका हुन् । पुराना ९ वटै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकासित गरिसकेका छन् । 

नेपाल लाईफ इन्स्योरेन्सको मुनाफा सबैभन्दा धेरै
पुराना ९ वटा लाईफ इन्स्योरेन्सहरुमा मुनाफा आर्जनमा नेपाल लाईफ इन्स्योरेन्स अगाडी देखिएको छ । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा कम्पनीले २० करोड ४१ लाख ७० हजार मुनाफा आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानको नाफा सबैभन्दा कम रहेको छ । कम्पनीले तीन महिनामा ४४ लाख १६ हजार रुपैयाँ मात्रै नाफा गरेको छ । 

बीमा शुल्क आर्जनमा पनि नेपाल लाइफ नै अगाडी
नौ वटा पुराना जीवन बीमा कम्पनीमा बीमा शुल्क आर्जनमा नेपाल लाइफ इन्योरेन्स अगाडी रहेको छ भने सबैभन्दा कम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी गुराँस लाइफ इन्स्योरेन्स रहेको छ ।