November 30th, 2018

सर्वाधिक नाफा कमाउने पाँच लघुवित्तहरु

बैंकिङ खबर । अधिकांश लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् । १३ वटा लघुवित्तहरु घाटामा देखिएका छन् । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा १८ वटा लघुवित्तको नाफा करोडमा छ भने तीन वटाको नाफा १० करोड नाघेको छ । सबैभन्दा बढी नाफा छिमेक लघुवित्तको छ ।