Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १३ वटा लघुवित्त घाटामा 

२०७५ मंसिर १३ गते

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार १३ वटा लघुवित्त वित्तीय संस्था घाटामा गएका छन् । सबैभन्दा धेरै घाटामा रामारोसन लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्था ४३ लाख २८ हजार घाटामा रहेको छ । यद्यपि, संस्थाले गत बर्षको सोहि अवधिको तुलनमा घाटा न्यूनीकरण गरेको हो । गत बर्षको सोहि अवधिमा संस्था ५० लाख ३१ हजारले घाटामा रहेको थियो । 

घाटामा रहेका अन्य लघुवित्त वित्तीय संस्थाहरुमा क्रमशः स्पर्श लघुवित्त वित्तीय संस्था, नागरिक लघुवित्त वित्तीय संस्था, सत्यवति लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था, मनकामना लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था, त्रिलोक लघुवित्त वित्तीय संस्था, क्रियटिभ लघुवित्त वित्तीय संस्था, आरम्भ माइक्रोफानान्स वित्तीय संस्था र घोडिघोडा लघुवित्त वित्तीय संस्था रहेका छन् । घाटामा रहेकामध्ये अधिकांस गत आर्थिक बर्षबाट मात्र कारोबार सुरु गरेका संस्था रहेका छन् ।

Ad