बैंकिङ खबर । चालु आर्थिक बर्षको प्रथम त्रैमासमा १८ वटा लघुवित्तले एक करोडभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । सबैभन्दा धेरै मुनाफा छिमेक लघुवित्त वित्तीय संथाले आर्जन गरेको छ । संस्थाले तीन महिनाको अवधिमा १५ करोड ६१ लाख ६२ हजार मुनाफा आर्जन गरेको छ । छिमेकसँगको प्रतिष्पर्धामा निर्धन उत्थान लघुवित्त रहेको छ, जसले १५ करोड सात लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
यसबाहेक, साना किसान लघुवित्त वित्तीय संस्थाले १२ करोड २४ लाख ४५ हजार, स्वाबलम्बन लघुवित्त वित्तीय संथाले आठ करोड ५६ लाख ५८ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आठ करोड ३४ लाख ५६ हजार, फरवार्ड कम्यूनिटि लघुवित्त वित्तीय संथाले आठ करोड चार लाख २८ हजार र आरएसडिसि लघुवित्त वित्तीय संस्थाले सात करोड नौ लाख ७१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् ।
त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले एक करोड ९७ लाख ९० हजार, नाडेप लघुवित्त वित्तीय संथाले एक करोड ३९ लाख नौ हजार, आरएसडिसि लघुवित्त वित्तीय संस्थाले एक करोड ३० लाख २५ हजार र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड आठ लाख ७० हजार रुपैयाँ नाफा गरेका छन् भने समिट लघुवित्त वित्तीय संथाले एक करोड सात लाख ८९ हजार र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एक करोड २४ हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।