Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तीन महिनामा बैंक तथा वित्तीय संस्थाका ३६३ शाखा थपिए

२०७५ मंसिर ११ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या सात हजार भन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको असोज मसान्तसम्मको मुलुकको आर्थिक तथा वित्तीय स्थितीको प्रतिवेदनमा उल्लेख गरेअनुसार बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ७०१४ पुगेको छ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ६६५१ रहेको थियो । तीन महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल ३६३ वटा शाखा थपिएका छन् । 

उक्त अवधिमा लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै शाखा थपिएका छन् । असार मसान्तमा ६५ वटा लघुवित्त वित्तीय संस्थाको २४४९ वटा शाखा कार्यलय रहेकोमा तीन महिनाको अवधिमा ४ वटा लघुवित्त वित्तीय संस्था तथा २१८ वटा शाखा संख्या थपिएको छन् ।

त्यस्तै २८ वटा वाणिज्य बैंककको कुल ८१ शाखा संख्या थपिएका छन् । असार मसान्तमा वाण्ज्यि बैंकको शाखा संख्या ३०२३ रहेको थियो असोज मसान्तमा यो संख्या बढेर ३१०४ पुगेको छ । 

चालु आर्थिक बर्षको पहिलो तीन महिनाको अवधिमा ३३ वटा विकास बैंकको शाखा संख्या ६४ वटाले बढेर १०५७ पुगेको छ । असार मसान्तमा विकास बैंकको शाखा संख्या ९९३ रहेको थियो ।

त्यस्तै चालु आर्थिक बर्षको पहिलो तीन महिनामा फाइनान्स कम्पनिको शाखा संख्यामा कुनै पनि घटबढ भएको छैन । असार मसान्तमा २५ वटा रहेको फाइनान्सहरु बेष्ट फाइनान्स र सिर्नजि फाइनान्स एक आपसमा गाभिएर बेस्ट फाइनान्स बनेपछि २४ वटामा झरेको भएपनि असार मसान्तमा १८६ वटा रहेको फाइनान्सको शाखा संख्या असोज मसान्तमा पनि परीवर्तन भएको छैन ।

Ad