Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई लाइसेन्स दिन सर्वोच्चको आदेश

२०७५ मंसिर ९ गते

बैंकिङ खबर । सर्वोच्च अदालतले महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई संचालन अनुमति दिन आदेश दिएको छ । बीमा समितिले लाइसेन्स रोकेको महालक्ष्मीलाई लाइसेन्स दिन सर्वोच्चले दोस्रो पटक आदेश दिएको हो । 

पहिलो पटक बीमा समितिले बिनाकारण व्यवसाय सञ्चालन अनुमति नदिएको भन्दै महालक्ष्मी इन्स्योरेन्सका तर्फबाट मनोरञ्जन रमण शर्माले २०७४ असोज २७ गते सर्बोच्चमा अर्थ मन्त्रालय र बीमा समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सो रिट उपर सर्बोच्चले गत कात्तिक अन्तिम साता अन्तरिम फैसला गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सको इजाजतपत्र खारेज नगर्न बीमा समितिलाई अन्तरिम आदेश दिएको थियो ।

असोज ६ गते फेरि अदालत पुगेका महालक्ष्मी लाइफ इन्स्योरेन्स तर्फबाट मनोरन्जन रमण शर्माले बीमा समिति विरुद्ध रिट निबेदन दिएका थिए । रिट उपर अदालतका न्यायधिसहरु ओम प्रकाश मिश्र, केदार प्रसाद चालिसे र टंकबहादुर मोक्तानको संयुक्त इजालसले महालक्ष्मी लाइफ इन्स्योरेन्सको पक्षमा फैसला गरेको छ । अदालतले कम्पनीलाई प्रक्रिया पुर्याएर लाइसेन्स दिन आदेश दिएको छ ।