November 25th, 2018

तिन जिल्ले विकास बैंक : कुनको अवस्था कस्तो

बैंकिङ खबर । २०७५ असोज मसान्त सम्म १७ वटा तिन जिल्ला कार्यक्षेत्र रहेका विकास बैंक संचालनमा रहेका छन् । १७ वटा विकास बैंक मध्ये नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्त बैंकको सुचिमा रहेको छ । त्यस्तै कपोरेट डेभलपमेन्ट बैंक गत आर्थिक बर्षबाट समस्याग्रस्त वित्तिय संस्थाको सुचिबाट हटेको हो । हामीले समस्याग्रस्त वित्तीय संस्थाको सुचिमा रहेको नारायणी डेभलपमेन्ट बैंक बाहेक अन्य १६ वटा बैंकको चालु आर्थिक बर्षको प्रथम त्रैमासको वित्तिय अवस्थाको बारेका जानकारी दिने प्रयास गरेका छौं ।
 
नौ वटा विकास बैंकको मुनाफा करोडमाथि
१६ वटा विकास बैंकमध्ये नौ वटा विकास बैंकले चालु आर्थक बर्षको पहिलो त्रैमासमा एक करोडभन्दा बढि मुनाफा आर्जन गरेका छन् । सबैभन्दा बढि मुनाफा आर्जन गर्नेमा गत बर्ष मात्र समस्याग्रतबाट मुक्त भएको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । बैंकले खराब कर्जालाई उठाउन सफल भएकोले मुनाफा पनि बढि देखीन्छ । बैंबले पहिलो त्रैमासमा ४ करोड ९१ लाख ५० हजार मुनाफा आर्जन गरेको हो । एक करोडभन्दा माथि मुनाफा आर्जन गर्ने अन्य बैंकमा एक्सेल डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक, भार्गव विकास बैंक, सहयोगी विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक रहेका छन् ।
 
सबैभन्दा धेरै खराब कर्जा कपोरेट डेभलपमेन्ट बैंकको र कम मितेरी डेभलपमेन्ट बैंक
१६ वटा बैकहरुमा सबैभन्दा धेरै खराब कर्जा कपोरेट डेभलपमेन्ट बैंकको रहेको छ । समस्याग्रत बैंकबाट केहि समय पहिले मात्र मुक्त भएको बैंकको खराब कर्जा ४५.०६ प्रतिशत रहेको छ भने सबैन्दा कम खराब कर्जा मितेरी डेभलपमेन्ट बैंकरहेको छ । बैंकको खराब कर्जा ०.१३ प्रतिशत मात्र रहेको छ । 

कर्जा र निक्षेपमा एक्सेल डेभलपमेन्ट बैंक अगाडी
१६ वटा बैंकमध्ये निक्षेप संकलन र कर्जा लगानीमा एक्सेल डेभलपमेन्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकले असोज मसान्तसम्ममा ५ अर्ब ७ करोड २२ लाख ९३ हजार निक्षेप संकलन गरी ४ अर्ब ७५ करोड ५० लाख ७४ हजार कर्जा परिचालन गरेको छ । उक्त अवधिमा  बैंकले ३ करोड ६१ लाख ६२ हजार मुनाफ आर्जन गर्न सफल भएको छ ।