Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ

२०७५ मंसिर ७ गते

बैंकिङ खबर । तत्कालीन किष्ट बैंकका नायव महाप्रबन्धक बीएन घर्ती बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार घर्तीलाई पक्राउ गरेको हो । सो प्रकरणमा प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन् ।

व्यूरोले गत असोज १९ गते भारतबाट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीलाई पक्राउ गरेको थियो । ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालकसहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो । 

Ad