Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नाफामा अब्बल देखिएका पाँच विकास बैंकहरु

२०७५ मंसिर ७ गते

बैंकिङ खबर । संचालनमा रहेका ११ वटै राष्ट्रिय स्तरका विकास बैंकहरुले आर्थिक बर्ष २०७५।७६ को पहिलो तीन महिनाको वित्तीय विवरण प्रकाशन गरिसकेका छन् । ११ वटा विकास बैंकले तीन महिनाको अवधिमा कुल ९० करोड २८ लाख ७३ हजार खुद मुनाफा आर्जन गरेका छन् । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकहरुको खुद मुनाफा ५५ करोड १५ लाख पाँच हजार मात्र रहेको थियो । समिक्षा अवधिमा ११ वटा मध्ये १० वटा बैंकको मुनाफामा बृद्धि भएको छ भने एउटा बैंकको मुनाफा घटेको छ । 

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा २० करोड तीन लाख ७८ हजार मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत आर्थिक बर्षको सोहि अवधिमा १३ करोड ५४ लाख ४७ हजार मात्र मुनाफा आर्जन गरेको थियो । 

कैलाश विकास बैंक
कैलाश विकास बैंकले ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले नौ करोड ७२ लाख ४२ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

महालक्ष्मी विकास बैंक
गत आर्थिक वर्षको प्रथम त्रैमासमा पाँच करोड ६३ लाख ४३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको महालक्ष्मी विकास बैंकले यो वर्ष १० करोड ५६ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

गण्डकी विकास बैंक
गण्डकी विकास बैंकको नाफा १० करोड २७ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा पाँच करोड ३९ लाख १३ हजार रुपैयाँ रहेको थियो ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा नौ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरिमाले तीन करोड ४२ लाख १७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

Ad