November 23rd, 2018

नाफामा अब्बल देखिएका निजी क्षेत्रका छ बैंकहरु

बैंकिङ खबर । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नै दुई वटा बैंकले एक अर्बभन्दा बढी खुद मुनाफा आर्जन गरेका छन् । जसमध्ये, एउटा सरकारी स्वामित्वको बैंक रहेको छ भने एउटा निजीस्तरको बैंक रहेको छ । पहिलो त्रैमासमा मुनाफामा अब्बल देखिएका निजी स्तरका चार बैंकहरुको बारेमा यहाँ चर्चा गरिन्छ :  

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा एक अर्बमाथि
सबैभन्दा धेरै नाफा कमाउने निजी स्तरबाट संचालित बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यो बैंक सबैभन्दा धेरै नाफा कमाउने दोस्रो बैंक पनि हो । बैंकले तीन महिनामा एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकबाहेक पाँच वटा निजी स्तरका बैंकको नाफा ५० करोडमाथि रहेको छ । नविल बैंकले ९३ करोड ३१ लाख ९० हजार रुपैयाँ नाफा गरेको छ । प्रभु बैंकले ६४ करोड ४४ लाख चार हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने एनआईसी एशिया बैंकले ५८ करोड २२ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकले ५८ करोड ३५ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेको छ भने ग्लोबल आईएमई बैंकले ५१ करोड ७६ लाख ८३ हजार रुपैयाँ नाफा गरेको छ ।