प्रथम त्रैमासिक विवरणअनुसार, मुक्तिनाथले २० करोड तीन लाख ७८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकको नाफा १३ करोड ५४ लाख ४७ हजार रुपैयाँ थियो । मुनाफामा सात करोडभन्दा बढीको प्रगति हासिल गरेको बैंकले अन्य विकास बैंकहरुलाई निकै पछाडी छोडेको छ । मुक्तिनाथपछि सबैभन्दा धेरै कमाउने कैलाश विकास बैंकको नाफा साढे ११ करोड रहेको छ ।
पहिलो तीन महिनामा केही वाणिज्य बैंकहरु अर्बपति क्लबमा प्रवेश गरिसक्दा केही भने ३० करोडभन्दा कम नाफामा सिमित छन् । ३० करोडभन्दा कम नाफा कमाउनेमा कुमारी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी बैंक, सेञ्चुरी बैंक, एनसीसी बैंक र जनता बैंक रहेका छन् । यीमध्ये, सिभिल बैंकको नाफा जम्मा १२ करोड १२ लाख रुपैयाँ मात्रै रहेको छ ।