बैंकिङ खबर । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युटले म्यानेजमेन्ट स्टुडेन्टलाई लक्षित गरि बैंकिङ करियर बनाउन चाहाने तथा बैंकमा रोजगारी गर्न चाहानेका लागि पाँच दिने बैंकिङ ट्रेनिङ संचालन गरिरहेको छ । मिडिया इन्टरनेसनलसँगको सहकार्यमा उक्त ट्रेनिङ संचालन भइरहेको छ ।
सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । यसकारण बैंकिङ क्षेत्रमा यतिबेला रोजगारीका प्रशस्त ढोकाहरु खुलेका छन् । तथापि, सम्बन्धित विषयमा नै अध्ययन गरेका विद्यार्थीहरुमा समेत व्यवहारिक ज्ञान एवम् बैंकिङ सम्बन्धी जानकारी पर्याप्त नभएका कारण बैंकको ढोकासम्म पुगेर विद्यार्थीहरु फर्किनुपर्ने अवस्था छ ।
ट्रेनिङमा बैंकिङ विज्ञ, बैंकर्स र केन्द्रीय बैंकका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । प्रशिक्षणमा सहभागी हुन चाहने व्यक्तिका लागि तीन हजार पाँच सय रुपैयाँ शूल्क निर्धारण गरिएको छ । बैंकिङ ट्रेनिङ सम्बन्धी थप जानकारीका लागि ०१५७०५५५३, ९८६१३१५११७ मा सम्पर्क गर्न सकिनेछ ।