बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ कात्तिक २७ गतेदेखि २९ गतेसम्म कैलाली जिल्लाको जोशीपुरमा “ब्यवसायिक तरकारी खेती तालिम” सम्पन्न गरेको छ । उक्त तालिममा कैलाली जिल्लाको जोशीपुर शाखा कार्यलयका ३५ जना ग्राहक सदस्यहरुको सहभागितामा तरकारी खेती तालिम सम्पन्न गरेको संस्थाका जोशीपुर शाखाका प्रमुख प्रेम प्रसाद शर्मा चापागाईले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु हिरा लाल चौधरी, शंकर प्रसाद न्यौपाने र प्रेम प्रसाद शर्मा चापागाई रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको यस संस्थाबाट कर्जा लिइ ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले बताएका थिए ।
निर्धन उत्थान लघुवित्त वित्तिय संस्था क्षेत्रीय कार्यालय अत्तरीयाका क्षेत्रीय प्रमुख शंकर प्रसाद न्यौपानेले उपस्थित सबैलाई स्वागत गर्दै सीपमूलक तालिम साथै स्वपरियोजना संचालनका लागि कर्जा दिइ स्वरोजगार बनाउनमा यस संस्थाले पहल गरी रहेको जानकारी गरे ।
संस्थाले २०७५ आश्विन मसान्तसम्ममा ३ लाख २५ हजार ८६८ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ आश्विनसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ५ करोड ७० लाख रहेको छ भने ग्राहक सदस्यहरुका रु. ८ अरब ९८ करोड ९९ लाख बचत परिचालन गरेको छ । तरकारी खेती गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराइएको संस्थाका जोशीपुर शाखाका प्रमुख चापागाईले बताए ।
सहभागी लक्ष्मी कुमारी चौधरीले तालिमको मूल्याकंनको क्रममा यस ३ दिने तालिमबाट आफूलाई आवश्यक पर्ने कुराहरु सिक्नुका साथै ब्यवसाय गर्न प्रेरणा मिलेको र सिकेको कुराहरुलाई आफ्नो जीवनभर लागू गरी स्वरोजगार बन्ने र आफ्नो छिमेकमा अरुलाई पनि सिकाउने प्रतिवद्धता वइक्त गरिन् ।
सहभागीका तर्फबाट श्रीमती रेनुका डगौराले तालिमको मूल्यांकनमा यस तालिमले आफूमा नयाँ जोश र जाँगर पलाएको र अब श्रीमान्को भरमा मात्र नरही लिएको तालिमलाई पूर्ण सदुपयोग गर्दै स्वरोजगार रही आफ्ना छरछिमेकमका दिदीबहिनीहरुलाई समेत ब्यवसाय संचालन गर्न जागरुक बनाउने भन्दै आगामी दिनमा पनि यस्ता तालिमहरुको अपेक्षा राखिन् ।