एनआइसी एशिया बैंकले ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन गरेको छ । बैँकले प्रतिशेयर एक सय रुपैँया अंकित दरका चार बराबर एक (४ः१) अर्थात पच्चिस प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । शेयर खरिदका लागि वैशाख ३० गतेसम्म कायम शेयरधनीले आगामी असार १५ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको हकप्रद शेयर खरिदका लागि एन आइ सी एशिया बैंकका सम्पुर्ण शाखा कार्यालय तथा बैंकको धितोपत्र निष्काशन तथा ब्रिक्री प्रबनध सिभिल क्यापिटल मार्केट कमलादी काठामाडौबाट आवेदन गर्न सकिने छ । बैंकले हकप्रद शेयर निष्काशनका लागि यहि बैशाख ३१ गते शेयरधनी दर्ता पुस्तीका बन्द गरेको थियो । एनआइसी एशियामा सर्वसाधारण शेयर धनीको लगानी ४९ प्रतिशत र सस्थापक समूहको लगानी ५१ प्रतिशत छ ।