कल डिपोजिटको व्याजदरमा नीतिगत सहुलियत माग गर्दै बैंकर्स संघ
बैंकिङ खबर । बैंकर्स संघले कल डिपोजिटको ब्याज दरका बारेमा नीतिगत सहुलियत दिन राष्ट्र बैंकसँग माग गरेको छ । आइतबार संघमा आबद्ध २८ वटै बैंकसँग छलफल गरेपछि अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना नेतृत्वमा रत्नराज बज्राचार्य, पर्शुराम कुँवर क्षेत्रीलगायत ६ जनाको टोली राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेललाई भेट्न वालुवाटार पुगेको थियो । सोही क्रममा संघले बचतको न्यूनतम ब्याज बराबर कल डिपोजिटको ब्याज हुनुपर्ने ब्यवस्थाले विकृति आएको उल्लेख गर्दै नीतिगत सहुलियतको माग गरेको हो । संघले कल डिपोजिटको दर र ९१ दिने ट्रेजरी बिलको दर बराबर गर्न माग गरेको छ ।