Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकको मुनाफामा छलाङ : तीन महिनामा ७८ करोडभन्दा बढी आर्जन

२०७५ कार्तिक ३० गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ७८ करोड छ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७०.०८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एनआईसी एशियाले २७ करोड ७९ लाख रुपैयाँ मात्रै खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब तीन करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी भएको एनआईसी एशिया बैंकले जगेडाकोषमा पाँच अर्ब १२ करोड ५ लाख रुपैयाँ छुटाएको छ । बैंकको निक्षेपमा १ खर्ब ६३ अर्ब ३० करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जा १ खर्ब ३९ अर्ब २६ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २१२ दशमलव ४१ प्रतिशतले बढेर १ अर्ब ८६ करोड २७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा १८० दशमलव ६८ प्रतिशतले वृद्धि गरी १ खर्ब ६ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको जोखिम युक्त सम्पति १२ दशमलव ४८ प्रतिशत, निष्कृय कर्जा शुन्य दशमलव २६ प्रतिशत, प्रतिशेयर आम्दानी ३६ दशमलव ७८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात ११ दशलमव ९९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६२ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात २१ दशमल ९९ प्रतिशत रहेको छ ।

Ad