November 14th, 2018

‘नोट व्यवस्थापनलाई सहज बनाउन पाँच हजार र १० हजार दरका नोट आवश्यक’

बैंकिङ खबर । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले नेपालमा अब पाँच हजार र १० हजारका नोटको अवाश्यकता भएको बताएका छन् । नेपाल बैकिङ इन्स्टिच्युटले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढुङगानाले नेपालमा नोट सर्कुलेसन प्रक्रियालाई सहज बनाउन तथा नोट ब्यवस्थापनलाई सहज बनाउनको लागि कि त ५००० र १०००० को नोट वा पुर्ण डिजिटल फाइनान्सको आवाश्यकता पर्ने बताएका हुन् । 

बैंकिङ क्षेत्रमा अहिले देखिएका बैंकिङ कसुरका घटना सामान्य रहेको उनले उल्लेख गरे । इन्पुटदेखि आउटपुट सम्पुर्ण पैसाको नै कारोबार हुने संस्थामा सानोतिनो घटना घट्नु सामान्य भएको ढुंगानाको भनाइ छ । यसकारण पत्रकारमा पनि नैतिकताको आवाश्यकता भएको उनले औँल्याए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पुर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकिङ क्षेत्रमा नैतिकताको कमि देखिन नहुने बताएका छन् । बैकिङ क्षेत्रमा लाग्ने मानिसमा लोभ तथा मोह आफन्त्यको विकासले नैतिकतामा प्रश्न उठाउने उनको तर्क छ । बैंकरहरुले सम्पति शुद्धिकरण तथा अनैतिक योजनाहरुमा लगानी नहुने एवम् संचालक समीतिले ब्यवस्थापन समीतिलाई हस्तक्षेप गर्न नहुने उनको भनाइ छ । जुनसुकै क्षेत्रमा पनि नैतिकतावान मान्छे मात्र नहुने भन्दै बैकिङ क्षेत्रमा पनि उच्च ब्यवस्थापन सजग हुनुपर्ने उनले बताए ।

कार्यक्रममा बौल्दै नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक भाष्कर राज ज्ञावलीले नेपालमा बैंकहरुले रुल र रेगुलेसनको पालना गर्न नसकेको बताएका छन् । नेपालमा सरोकारवाला क्षेत्रको आआफ्नै हठ रहेकोले बैंकिङ क्षेत्रमा समस्या सिर्जना हुने गरेको बताए । निक्षेपकर्ताले ब्याज बढि खोज्ने, ऋणकर्ताले सस्तो ब्याजको ऋण खोन्दै हिड्ने, रेगुलेटरले जस्तो सुकै अवस्थामा पनि नियम पालना गराउन खोज्ने तथा सरकारले कर कसरी बढि उठाउने भन्ने मात्र ध्यान दिने गरेको भन्दै सबैले परिस्थितीको पनि विचार गर्न सिक्नुपर्ने उनले बताए । बैंकिङ क्षेत्र कर्पोरेट सिटिजन जस्तो हुनुपर्ने उनको विचार छ । बैंकिङ क्षेत्रमा अहिले अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै यस्तो हुनु समग्र अर्थतन्त्रको लागि खतरा हुनसक्ने बताए ।

त्यस्तै, नेपाल बैंकिङ इन्स्टिच्युटका अध्यक्ष तथा नेपाल राष्ट्र बैंक मुद्रा ब्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बैंकहरुले कर्मचारी ब्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने बताए । बैंकको कतिपय शाखामा पर्याप्त कर्मचारी नभएकोले ग्राहकले राम्रोसँग सेवा पाउने अवस्था नरहेको उनले बताए । यस्तै बैंकमा कर्मचारीको अभाव हुँदा मुद्रा सर्कुलेसनमा समेत समस्या हुने उनको तर्क छ । आर्थिक उदारीकरणपछि सबैभन्दा विकास भएको फाइनान्सियल क्षेत्रमा पनि नैतिकताको विकास हुन नसकेको उनको तर्क थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]