November 14th, 2018

बैंकबाट कर्जा लिँदै हुनुहुन्छ ? हेर्नुहोस्, कुन बैंकको आधार व्याजदर कति ?

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा बेस रेट (आधार ब्याजदर) लाई आधार बनाएर लगानी गर्ने गर्दछन् । नेपाल राष्ट्र बैंकले कर्जा लगानी गर्दा बेस रेट (आधार ब्याजदर) भन्दा तल गएर लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यदि विपन्न वर्ग अथवा लघुवित्तलाई प्रदान गर्ने थोक कर्जा तथा राष्ट्रिय गौरवको योजनाहरुको माग भएको खण्डमा बेस रेटमा नै पनि बैंकहरुले कर्जा लगानी गर्न पाउँछन् भने अन्य क्षेत्रमा कर्जा लगानी गर्दा बेस रेट केही प्रतिशत थप गरेर कर्जा लगानी गर्दछन् । यसरी कर्जा लगानी गर्दा बैंकहरुले जति पनि ब्याज लिन पाउँछन् भन्ने हँुदैन । नेपाल राष्ट्र बैंकले यसमा पनि सिमा तोकिदिएको छ । बैंकहरुले बेस रेट(आधार ब्याजदर) मा अधिकतम ५ प्रतिशतसम्म जोडेर कर्जा दिन पाउने ब्यवस्था गरिदिएको छ ।

यहि बेस रेटको आधारले नै बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्दा कर्जाको व्याजदरमा पनि परिवर्तन हुने गर्दछ । बैंकहरुको बेस रेट बढ्दा कर्जाको व्याजदर बढ्छ भने घट्दा कर्जाको व्याजदर घट्छ ।

असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनीक गरेका वाणिज्य बैंकहरुको बेस रेट(आधार ब्याजदर) यस प्रकार रहेको छ ।

प्रभु बैंक
असार मसान्तमा १०.६४ प्रतिशत रहेको प्रभु बैंकको बेस रेटअसोज मसान्तमा ९.४९ प्रतिशतमा झरेको छ ।

माछापुच्छ्रे बैंक
माच्छापुच्छ्रे बैंकको भने बेस रेटमा सामान्य बृद्धि भएको छ । असार मसान्तमा ११.०६ प्रतिशत रहेको बेस रेटमा सामान्य बृद्धि भई ११.२१ प्रतिशतमा पुगेको छ ।

सिद्धार्थ बैंक
असार मसान्तमा ११.१६ प्रतिशत रहेको सिद्धार्थ बैंकको पनि बेस रेट असोज मसान्तमा घटेर १०.६२ प्रतिशत कायम भएको छ । 

कृषि विकास बैंक
कृषि विकास बैंकको पनि बेस रेटमा बृद्धि भएको छ । असार मसान्तमा ११.७३ प्रतिशत रहेको बेस रेट असोज मसान्तमा आउँदा बृद्धि भएर १२.३२ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंक 
असार मसान्तको तुलनामा असोज मसान्तमा सिटिजन्स बैंकको बेस रेट सामान्य अंकले घटेको छ । असार मसान्तमा ११.७८ प्रतिशत रहेको बेस रेट असोज मसान्तमा घटेर ११.४७ प्रतिशतमा झरेको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आईएमइ बैकको पनि बेस रेट आधार ब्याजदरमा झीनो बृद्धि भएको छ । असार मसान्तमा १०.५५ प्रतिशत रहेको बैंकको बेस रेट असोज मसान्तमा बृद्धि भई १०.५९ प्रतिशत पुगेको छ ।

स्टान्र्डर्ड चार्टर्ड बैंक
स्टान्र्डर्ड चार्टर्ड बैंकको पनि बेस रेट बढाएको छ । असार मसान्तमा ७.८७ प्रतिशत रहेको बैंकको बेस रेट असोज मसान्तमा आउँदा बढेर ८.१४ प्रतिशत पुगेको छ ।

कुमारी बैंक
कुमारी बैंकको बेस रेट घटेको छ । गत असार मसान्तमा ११.६० प्रतिशत रहेको कुमारी बैंकको बेस रेट असोज मसान्तमा ११.०९ प्रतिशतमा झरेको छ । 

एभरेष्ट बैंक
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एभरेष्ट बैंकको बेस रेट बढेको छ । गत असार मसान्तमा ८.४५ प्रतिशत रहेको बैंकको बेस रेट असार मसान्तमा ८.८० पुगेको छ । 

नेपाल बैंक
नेपाल बैंकको आधार व्याजदर ७.५२ प्रतिशत मात्रै रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]