November 13th, 2018

बीमालेख हराएमा के गर्ने ? 

बैंकिङ खबर । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । बीमा बीमित र बिमकका बीच गरिने एक करार पत्र हो । जीवनमा आई पर्ने सम्भावित जोखिमहरुका कारण आर्थिक क्षति भएमा त्यस्तो क्षति बीमा कम्पनिले वहन गर्छ । भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्नका लागि बीमा गरिन्छ ।

बीमा गर्ने सबै मानीसहरुले बीमालेख सुरक्षित साथ राख्नु पर्ने हुन्छ । बीमालेख बीमा अवधि भरि मात्र काम लाग्दैन् । दाबीको लागि पनि यो महत्पूर्ण हुन्छ । त्यसैले यसलाई जतनका साथ राख्नु पर्ने हुन्छ । केही गरि बीमालेख हराएमा बीमा कम्पनीबाट प्रतिलिपि प्राप्त गर्न सकिन्छ ।

हराएको बीमालेखको प्रतिलिपि प्राप्त गर्नको लागि आफुले बीमा गरेको बीमा कम्पनीमा निवेदन दिनु पर्ने हुन्छ । बीमालेख हराएको जानकारी पाए पछि कम्पनी वा बिमित आफैले विमितको खर्चमा राष्ट्रिय दैनिक पत्रिकामा बीमालेख हराएको सूचना प्रकाशन गर्नु पर्दछ । सूचना जारी गरेकोे मितिले ३५ दिन भित्र कसैले प्राप्त गरेको जानकारी नआएमा कम्पनीले बिमितलाई बीमालेखको प्रतिलिपि उपलब्ध गराउँदछ । यसरी कम्पनीले प्रतिलिपि दिँदा निश्चित शुल्क लिन सक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]