November 12th, 2018

सहुलियत कर्जा दिन राष्ट्र बैंकको परिपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय विकास, भूकम्पपीडितको निजी आवास निर्माण एवं व्यावसायिक कृषि तथा पशुपन्छीलगायतका क्षेत्रमा सहुलियत कर्जा दिन बैंकहरूलाई परिपत्र गरेको छ ।

कर्जामा तोकिएको ब्याज अनुदानसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ जारी गर्दै परिपत्र गरेको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा यस्ता विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ ।   यस कामका लागि गत ११ असोजमा बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकिएको उल्लेख गर्दै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई यस्तो कर्जा लिन इच्छुकलाई कर्जा प्रवाह गर्न निर्देशन दिएको हो । राजधानी दैनिकमा प्रकाशित समाचार


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]