November 11th, 2018

ओमलाई प्राप्ती गर्न प्राइम बैंकले पायो सैद्धान्तिक स्वीकृति

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्वायर) गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । दुई संस्थाबीच प्राप्तिका लागि भदौ ३ गते एक्विजिसनसम्बन्धी सम्झौता थियो । 

अहिले ओम डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का छ । दुबै संस्थाबीच सेयर आदनप्रदान अनुपात मिलाउन सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डिडिए) सुरु भएको छ । 
 
पोखरालाई आधार बनाएर कारोबार गरिरहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि प्राइमको पूँजी १० अर्ब रुपैयाँ नाघ्ने छ । बराबरी हैसियतमा गाभिए जगेडा कोष ४ अर्ब १० करोड पुग्ने छ । त्यस्तै, शाखा संख्या १०० भन्दा बढी पुग्नेछ ।