November 11th, 2018

पुँजीगत लाभकरको विवाद टुंगियो

बैंकिङ खबर । बोनस र हकप्रद सेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने विषयको विवाद टुंगिएको छ । विवाद समाधानका लागि गठन भएको अध्ययन समितिले प्रतिवेदन बुझाएसँगै विवाद टुंगिएको हो । समितिले पूँजीगत लाभकरको विवादको विषयमा भारित औषत ’वेटेज एण्ड एभरेज’ का आधारमा पूँजीगत लाभकर लगाउने निर्णय गरेको छ । समितिले कुनै एउटा मितिलाई आधार बनाएर त्यसै दिनको कारोबारको आधारमा लाभकर लगाउने प्रस्ताव गरेको हो । यो व्यवस्थाका लागि आयकर ऐन २०५८ को दफा ४८ लाई संसोधन गर्नु पर्ने हुन्छ । संशोधनपश्चात् यो विवाद दीर्घकालिन रुपमा टुंगिने छ ।