November 9th, 2018

छुट्ला नि ! बैंकमा जागिर गर्ने अबसर

बैंकिङ खबर । प्रभु बैंक लिमिटेडले विभिन्न पदमा विभिन्न प्रदेशका लागि १०० जनाभन्दा बढी कर्मचारीको माग गरेको छ । बैंकले बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्रान्च म्यानेजरसहित १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो ।

प्रदेश नं. १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खाँदबारी, उदयपुरको गाइघाट, मोरङको उर्लाबारी र तिनपैनी शखाका लागि शाखा प्रबन्धकसहित अन्य कर्मचारी , प्रदेश नं. २ मा भने कर्मचारी मागेको छैन । त्यसैगरी, प्रदेश नं. ३ का लागि काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा, किर्तिपुर, बल्खु, धर्मस्थली जरङ्खु, साँखु, ललितपुरको महालक्ष्मी नगरपालिका र चापागाउँ, भक्तपुरको बाल्कोट, सुकुलढोका र चितवनको पर्सामा शाखाका लागि म्यानेजरसहित अन्य कर्मचारी, प्रदेश नं ४ मा तनहुँको डुम्रे र गोर्खाको बारपाक शाखाका लागि शाखा प्रमुखसहित कर्मचारी, प्रदेश नं ५ मा दाङको लमही, कपिलबस्तुको चन्द्रौटा, गुल्मीबो बलेटक्सार शाखाका लागि ब्राञ्च म्यानेजरसहित अन्य कर्मचारी, प्रदेश नं ६ डोल्पाको शे–फोक्सुन्डो, हुम्लाको खाप्रुनाथ शाखाका लागि म्यानेजरसहित अन्य  कर्मचारी साथै, प्रदेश ७ मा कैलालीको आर्यतारा र टिकापुर, कञ्चनपुरको जलहरी र पुनर्बास, अछामको साँफेबगर र डढेलधुराको नवदुर्गा गाउँपालिकामा म्यानेजरसहित कर्मचारी माग गरेको हो ।

बैंकले २९ ब्राञ्च म्यानेजर, रिलेशनसिप अफिसर र अपरेशन इन्चार्जका पदका लागि ५८ जना, एसिस्टेन्ट रिलेशनसिप अफिसर १० जना, जुनियर ट्रेजरी अफिसर पदका लागि १ जना र बीरगञ्ज शाखाका लागि जुनियर ट्रेड अफिसर १ जना मागेको छ । लगायत, बैंकले केही टेलर र सिएसडीमा जुनियर एसिस्टेन्ट ट्रेनिमागेको छ ।

कति चाहिन्छ योग्यता ? 
बैंकले ब्राञ्च म्यानेजरका लागि कम्तिमा ब्यवस्थापनमा स्नात्तर उत्तिर्ण भई बैंक तथा वित्तीय संस्थामा क्रेडिट एण्ड सेल्स अपरेशन विभागमा ५ वर्ष काम गरेको अनुभव भएका २५ देखि ३० वर्षसम्मका व्यक्तिले मात्रै आवेदन दिन सक्ने जनाएको छ ।

त्यस्तै, रिलेशनसिप अफिसरका लागि व्यवस्थापनमा स्नातक उत्तिर्ण र २ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । टेलरका लागि भने अनुभव मागिएको छैन । तर, कम्तिमा प्लस टु पास गरी २५ देखि ३० वर्षको उमेर भएकाले आवेदन दिनसक्ने बैंकले जनाएको छ । अफिर ट्रेजरीका लागि ब्याचलर पास र ५ वर्षको अनुभवको भएकाले मात्रै आवेदन दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]