November 5th, 2018

राष्ट्रियस्तरमा जाने वोमी माइक्रोफाइनान्सको तयारी

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड अब राष्ट्रिय स्तरको बन्ने भएको छ । संस्थाको सातौँ वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरमा कारोवार गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतार्थ पेश गर्ने तथा सोही अनुरुप प्रबन्ध पत्र एवं नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्ला कार्यक्षेत्रका लागि स्वीकृति प्राप्त गरेको यस संस्थाको हाल ३२ जिल्लाका विभिन्न ४० स्थानहरुमा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]