November 4th, 2018

तीन महिनामा प्रभु बैंकको नाफा ६४ करोड नाघ्यो

बैंकिङ खबर । प्रभु बैंकले असोजसम्म ६४ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आठ अर्ब २३ करोड चुक्ता पूँजी रहेको बैंकले एक अर्ब १३ करोड खुद ब्याज आम्दानी गरेको छ भने एक अर्ब ५० करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । बैंकको पूँजी कोष अनुपात करिब १२ प्रतिशत छ । 

बैंकले एक खर्ब दुई अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ भने ८६ अर्ब रुपैयाँ ऋण बिस्तार गरेको छ । असार मसान्तमा साढे ११ प्रतिशतभन्दा माथि रहेको आधार दर असोजमा साढे ९ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ पुगेको छ भने मूल्य आम्दानी अनुपात सवा ८ गुणा छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]