Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नछुटाउनुहोस छुट पाउने मौका : एनआईसी एशिया बैंकमा यस्तो अफर

२०७५ कार्तिक १८ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले चाडपर्वको अबसरमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ । यसै क्रममा बैंकले आउँदै गरेको शुभ–दिपावलीको उपलक्ष्यमा‘नछुटोस् छुट पाउने मौका’भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानी माएनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा त्तच् कोड माध्यमबाट कारोबार गर्दा ५% वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ । 
बैंकले मुलुकभर २६५ वटा शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।
हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Ad