May 25th, 2016

बजेटमार्फत जनताको स्वास्थ्य बीमा कार्यक्रम अघि सार्ने तयारी

health-insuranceसरकारले आगामी बजेटमार्फत जनताको स्वास्थ्य बीमा कार्यक्रम अघि सार्ने तयारी गरेको छ । जेठ १५ गते अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गर्ने आर्थिक वर्ष २०७३/०७४ को बजेटमा स्वास्थ्य बीमाका लागि वृहत कार्यक्रम अघि सार्न लागिएको हो । अर्थमन्त्रालय स्रोतकाअनुसार जनताको सहभागितामा आधारित बीमा योजना ल्याउनुपर्नेमा मन्त्रालयका अधिकारीहरु एकमत छन् । कति रकम विनियोजन गर्ने विषयमा भने टुंगो लागि नसकेको बताइएको छ । 

बीमा समितिले यसअघि देखि नै सरकारले अनिवार्य स्वास्थ्य बीमाको नीति ल्याउनुपर्ने सुझाव दिँदै आएको थियो ।