October 26th, 2018

कनेक्ट आईपिएस इपेमेन्ट प्रणालीमा आवद्ध वित्तीय संस्था ४४ पुग्यो

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक लगायत बैंक वित्तीय संस्थाहरुबाट प्रबर्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेको कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ४४ पुगेको छ । कम्पनीले आईएमई डिजिटल सोलुसन लिमिटेडसँग सम्झौता गरेसँगै उक्त संख्या ४४ पुगेको हो । 

आईएमईले आईपिएस र कनेक्ट आईपिएस ईपेमेन्ट सिस्टममा अप्रत्यक्ष सदस्यको रुपमा आवद्ध हुने गरि सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  नीलेश मान सिंह प्रधान र आईएमईका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डि. श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

कनेक्ट आईपिएस ईपेमेन्ट प्रणालीमा आवद्ध भएको कुनै बैंक तथा वित्तीय संस्थामा खाता भएका ग्राहकहरुले आङ्खनो बैंक खाताबाट सिधै आईएमई पे मोबाइल वालेटमा फण्ड लोड गर्न सक्ने व्यवस्था गरिएको छ । मोबाइल वालेटबाट बैंक खातामा फण्ड ट्रान्सफर गर्ने सुविधा समेत उपलब्ध गराइने भएको छ ।

कनेक्ट आईपिएसमा आवद्ध ४४ बैंक तथा वित्तीय संस्थामध्ये हाल ३२ वटाबाट उक्त सेवा उपलब्ध भइरहेको छ । आईपिएसमा भने हाल ७५ बैंक वित्तीय संस्थाका ४२०० बढी शाखाहरु आवद्ध छन् ।