October 25th, 2018

प्रतीतपत्र (Letter of Credit) कारोबारमा आधुनिकिकरण

बैंकिङ खबर । प्रतीतपत्र व्यपारिक कारोबारको अत्यन्त महत्वपुर्ण आधार हो । यस कारोबारलाई व्यवस्थित र सही ढङगले संचालन गर्नको लागि उपयक्त नीति तथा नियम बनाई संचालन गर्नुपर्दछ । यस कारोबारलाई अगाडी बढाउन बैंक तथा वित्तीय संस्थाहरुले अत्यन्त सुक्ष्म र गम्भीर रुपमा विश्लेषण गरी कारोबार गर्नु राम्रो हुन्छ । 

विज्ञान र प्रविधिका क्षेत्रमा आएको व्यापकताले गर्दा प्रत्येक बैंकिङ कारोबारलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । त्यसैगरी प्रतीतपत्र कारोबारमा पनि यसको ठुलो असर परेको पाईन्छ । किनभने संचार माध्यमले यो कारोबार कधषत कथकतझ बाट संचालन गरिन्छ । जसले गर्दा कारोबार छिटो छरितो साथै, स्पष्ट गर्न सकिने वातावरण समेत सिर्जना गरेको पाईन्छ । प्रतीतपत्र कारोबार छिटो छरितो तथा भरपर्दो भएको कारण यसको कारोबारमा वृद्धि हुदै आएको छ । 

यातायात तथा संचारले विश्वलाई साँघुरो बनाएको छ । इन्टरनेटको प्रयोगले गर्दा ग्राहक, व्यापारी र विक्रेताबीचको सिधै सम्बन्ध स्थापीत भएको छ जसले गर्दा कारोबारमा सहज वातावरणको निर्माण भएको छ ।त्यसैले ग्राहकहरुले आफ्नो आवश्यक्ताका वस्तु तथा सेवा सिधै विक्रेतासँग सम्पर्क गरी आदेश दिन सक्छन् ।

कतिपय वस्तु तथा सेवाहरु विश्वको जुनसुकै कुनामा भए पनि आदेश दिनसाथ घरमै उपलब्ध हुने गरी आपुर्ति व्यवस्था मिलाएको पाइन्छ । भविष्यमा यो प्रणलीको विस्तार हुदै जादाँ बीचमा मध्यस्थताको खाचो नपर्ने अवस्था आउछ । यसबाट प्रतीतपत्रको साइज थप साघुरो हुन सक्ने अवस्था आउन सक्छ । त्यसकारण प्रतीतपत्रमा आधुनिकिकरणको खाचो छ ।