बैंकिङ खबर । माछापूच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका(हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
योसहित माछापूच्छ्रे बैंक लिमिटेडको हालसम्म ३७ शाखारहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३७ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२५ स्थानबाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।