October 14th, 2018

नेपाल लघुवित्त बैंकर्स संघको बाह्रौँ बार्षिक साधरणसभा सम्पन्न

बैंकिङ खबर । नेपाल लघुवित्त बैंकर्स संघको बाह्रौँ बार्षिक साधरण सभा आइतबार सम्पन्न भएको छ । 

समारोहमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले २५ बर्ष पुरा गर्दै लघुवित्त वित्तीय संस्थाहरु यो स्थानसम्म आइपुगेको र लघुवित्त वित्तीय संस्थाहरुले गरिबी न्युनीकरणमा सहयोग पुर्याउँदै आएको बताए । पछिल्लो समयमा लघुवित्त वित्तीय संस्थाहरुको संख्या बढ्दै आएको हुँदा प्रतिष्पर्धा बढेको भन्दै उनले सबै लघुवित्तहरुले सजग भएर काम गर्नुपर्ने बताए ।

उक्त सभामा बोल्दै लघुवित्त बैंकर्स सघका अध्यक्ष रामचन्द्र जोशीले धेरै प्रयास गरेपछि अहिले लघुवित्त क्षेत्र सफल बन्दै गएको बताए । लघुवित्तले गरिब तथा विपन्न वर्गमाथि ठुलो सहयोग गरेको र यो सहयोग लघुवित्त मार्फत गरिब तथा विपन्न वर्गहरुले अझै पाउने उनले बताए । लघुवित्तहरुमा स्रोतको व्यवस्थापन भयो भने लघुवित्तहरुलाई अझ प्रगतिको ढोका खुल्ने उनको भनाई थियो ।

सभामा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण पौडेल, नेपाल राष्ट्र बैंकका लघुवित्त प्रबद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारी, नेपाल बैंकसं संघका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाल लघुवित्त संघका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाल बैंकर्स सघका कार्यकारी पदाधिकारीहरु र सदस्यहरुको उपस्थिति थियो ।