Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हुम्लामा जनता बैंकको तीन नयाँ शाखाबाट कारोबार सुरु

२०७५ आश्विन २८ गते

बैंकिङ खबर । नेपाल सरकारको सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने योजनालाई आत्मसाथ गर्दै जनता बैंकले कर्णाली प्रदेशको अति विकट जिल्लाहुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोबार शुभारम्भ गरेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोबार सुरु गरिएको हो । 

अन्य शाखाहरु जस्तै यि शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्ससेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा सुरु गरिएको छ । उच्च पहाडी तथा हिमाली  क्षेत्रका जनताहरुलाई देशको अन्य क्षेत्रसँग वित्तीय संजालमा जोड्न यि शाखाहरु महत्वपूर्ण हुने विश्वास लिइएको छ । साथै हालसम्म मोटर बाटोको पहुँच नपुगेको यि दुर्गम भेगका जनताहरुको जीवनस्तरमा बैंकिङ्ग सेवाले केही सहजता प्रदान गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

यि शाखाहरु समेत गरी जनता बैंकको देश भरीमा शाखा सञ्जाल १२६ पुगेको छ । यि शाखाहरु अतिरिक्त बैंकले ७१ एटिएम, २ एक्स्टेनसन काउन्टर, २ सिमित बैंकिङ इकाई र ४० शाखा रहित बैंकिङहरुबाट ५ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Ad