May 25th, 2016

सुनको भाउ ५५ हजार १ सय रुपैँया प्रतितोला

goldबुधबार एकै दिनमा सुनको भाउ ७ सय रुपैँया प्रतितोलाका दरले घटेको छ । मूल्य गिरावटसँगै छापावाला सुन प्रतितोला ५५ हजार १ सय रुपैँयाका दरले कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ५४ हजार ८ सय ५० रुपैँयाका दरले कारोबार भइरहेको छ । 

यसअघि मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ५५ हजार ८ सय रुपैँया थियो भने तेजावी सुनको मूल्य ५५ हजार ५ सय ५० रुपैँया थियो । केही दिनदेखि ५६ हजारमा स्थिर रहेको सुनको भाउ मंगलबार २ सय रुपैँया प्रतितोलाका दरले घटेको थियो । 

केही दिनदेखि स्तिँदै गएको चाँदीको भाउ भने बुधबार स्थिर रहेको छ । बुधबार ७ सय ६० रुपैँया प्रतितोलाका दरले चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।