बैंकिङ खबर । दशैँ मनाउने सुरमा कतै बैंकमा जागीर गर्ने र बैंकिङ करिअर बनाउने अवसर छुट्ने पो हो कि ? अहिले ठूला ४ बैंकले कर्मचारी मागिरहेका छन्, जसमा एप्लाई गर्ने म्याद थोरै मात्रै बाँकी छ ।
मेगा बैंक
मेगा बैंक नेपाल लिमिटेडले मेनेजर लेभलका तीन जना, अफिसर लेभलका ३८ जना र एसिस्टेन्ट लेभलका ७३ जना कर्मचारी मागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ३१ अक्टोबरभित्रमा अनलाइन आवेदन दिन सक्नेछन् ।
थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.megabanknepal.com/jobs/detail/15/mega-career-opportunities-7th-october-2018
ज्योति विकास बैंक
ज्योति विकास बैंकले ४० जना कर्मचारी मागेको छ । बैंकले २० जना ब्रान्च मेनेजर र २० जना रिलेसनसिप मेनेजर तथा अपरेसन इन्चार्ज मागेको छ । दुवै पदका लागि अनुभवी कर्मचारी मागिएको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई २५ अक्टोबरभित्र आवेदन दिन आह्वान गरिएको छ ।
आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
गण्डकी विकास बैंक
गण्डकी विकास बैंकले केही संख्यामा ब्रान्च इन्चार्ज, रिलेसनसिप अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारीका लागि भ्याकेन्सी खुलाएको छ । आवेदन दिने म्याद ३१ अक्टोबरसम्म रहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकले केही संख्यामा शाखा प्रबन्धक मागेको छ । बैंक ले स्नातक वा स्नातकोत्तर उतीर्ण, चार वर्षको कार्यअनुभव भएको र ४० वर्षभन्दा कम उमेर भएको व्यक्तिबाट दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद कात्तिक १५ गतेसम्म रहेको छ । थप जानकारी र अनलाइन आवेदनका लापग तलको लिंकमा क्लिक गर्नुहोस् ।