October 11th, 2018

दुई हाइड्रोपावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

बैंकिङ खबर । माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् ।

माउण्टेन हाइड्रो
माउण्टेन हाइड्रोले १८ करोड १६ लाख ११ हजार रुपैयाँको १८ लाख १६ हजार ११० कित्ता सेयर निष्काशन गर्न लागेको छ । हाइड्रोले असार २२ गते देखि साउन २० गते सम्म स्थानीयलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ लाख ६६ हजार ११० कित्ता सेयर बिक्री नभएपछि उक्त सेयर समेत सर्वसाधारणलाई थप गरी जारी गर्ने माग गरेको हो । कम्पनीले आइपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरी सकेको छ ।

युनियन हाइड्रो 
युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपिओ जारी गर्न लागेको छ । हाइड्रोपावरले साउन १४ गते देखि भदौ १२ गते सम्म स्थानीय बासिन्दालाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको थियो । जसमा विक्री हुन बाँकी छ लाख २१ हजार सात सय ९० कित्ता सेयर समेत थप गरी सर्वसाधाणरको लागि आईपिओ निष्काशन गर्ने अनुमति मागेको छ । युनियन हाइड्रोपावरको आईपिओ निष्काशनको काम लक्ष्मी क्यापिटलले गर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]