October 11th, 2018

बैंकहरुले फेरि गरे व्याजदर घटाउने सहमति

बैंकिङ खबर । बैंकर्स संघले मुद्दति निक्षेपमा दिने ब्याज दर फेरि घटाउन सहमति गरेको छ । २८ वटै सदस्य बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिहरुसँग बिहीबार बिहान भएको छलफलपछि संघले मुद्दति निक्षेपको ब्याज दर घटाउने भद्र सहमति गरेको छ । अहिले बैंकहरुले संस्थागत निक्षेपकर्तालाई साढे १० र ब्यक्तिगतलाई ११ प्रतिशत ब्याज दिँदै आएका छन् । अब बैंकहरुले संस्थागत मुद्दतिमा ९ प्रतिशत र ब्यक्तिगतमा १० प्रतिशत ब्याज दिने सूचना प्रकाशित गर्ने छन् ।

बैंकरले बचतको ब्याज दरमा पनि सीमा लगाएका छन् । बैंकहरुले बचतको ब्याज दर सात प्रतिशतभन्दा माथि दिन पाउँदैनन् । ती बैंकले न्यूनतम ब्याज ५ प्रतिशत तोक्नु पर्नेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]