October 10th, 2018

दशैँका लागि नयाँ नोट साट्नुभयो ? हेर्नुहोस्, नयाँ नोट पाइने बैंकहरु (सूचिसहित)

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले दसैँका लागि नयाँ नोट वितरण भइरहेको छ । असोज २९ गतेसम्म सर्वसाधारणहरुले नयाँ नोट साट्न पाउनेछन् ।

कहाँ साट्न पाइन्छ ?
राष्ट्र बैंकको क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट समेत सर्वसाधारणले सटही सुविधा पाउनेन् ।  नेपाल बैंकको न्यूरोड, किर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नोट साट्न पाइनेछ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकका काठमाडौं उपत्यकाभित्र रहेका शाखाहरुबाट समेत सर्वसाधारणले नयाँ नोट पाउनेछन् । उपत्यका बाहिरको हकमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट नोट साट्न पाइने छ ।  

कति साट्न पाइन्छ ?
नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँ २।२ प्याकेट र १ सय रुपैयाँ दरका एक प्याकेट गरी जम्मा २७ हजार रुपैयाँसम्म प्रतिव्यक्ति सटही सुविधा पाइनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]