बैंकिङ खबर । सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले आइतबारदेखि दोस्रो बजारमा कारोबार भएको धितोपत्रको राफसाफका लागि विद्युतिय प्रणाली सुरु गरेको छ । सिडीएससीले विद्युतिय निर्देशन पुर्जी (ईडीआइएस) सेवा कार्यान्वयनमा ल्याएको हो । यसका लागि मेरो सेयरमा ईडीआइएसको फिचर थपिएको छ ।
त्यस फिचरको प्रयोग गरेर लगानीकर्ता आफुले बिक्री गरेको धितोपत्रको कारोबार सम्बन्धि विवरण हेर्न र त्यसको राफसाफ गर्न सक्नेछन् । मेरो सेयरमा माई इडिआईएस फिचरमा गएर लगानीकर्ताले विद्युतिय माध्यमबाट शेयर कारोबारको राफासाफ गर्न सक्नेछन् ।
कारोबार सम्पन्न भएको दिन देखि कारोबार भएपछिको दास्रो दिन (टि+२) सम्मको समयावधि भित्र जुनसुकै बेला पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जी जारी गर्न सकिने सुविधा रहेको छ ।