October 4th, 2018

सुनचाँदी खरिद विक्रीसम्बन्धी कार्यविधि कार्यान्वयनमा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ सार्वजनिक गरेको छ । राष्ट्र बैंकले टक्सार महाशाखाबाट गर्ने सुनचाँदी तथा अन्य धातुको खरिद, चलनचल्तीको सिक्का बाहेकको अन्य टकमरी र बिक्री गर्ने कार्यलाई व्यवस्थित गर्न कार्यविधि लागू गरिएको जनाएको छ ।

कार्यविधिमा सुन चाँदी अन्य धातु खरिद गर्ने, स्मारिका सिक्का टकमरी गरी बिक्री गर्ने मेडालियन टकमरी गरी बिक्री गर्ने लगायतका व्यवस्था गरिएको छ । असर्फी टकमरी गरी बिक्री गर्ने, कच्चा सुन वा चाँदी सोझै बिक्री गर्ने पदक टकमरी गरी उपलब्ध गराउने कार्यलाई कार्यविधिमार्फत व्यवस्थित गरिएको छ ।

सुनचाँदी खरिद, टकमरी तथा बिक्री गर्दा प्रयोग हुने धातु र सोको गुणस्तर पनि कार्यविधिले निर्धारण गरेको छ । टकमरी सिफारिस समिति, समितिको काम, कर्तव्य र अधिकार लगायतका १६ बुदे व्यवस्था कार्यविधिमा गरिएको छ ।