October 1st, 2018

राष्ट्रिय वाणिज्य बैंकले खुलाउँदैछ ५५० जनाको भ्याकेन्सी, कसरी गर्ने एप्लाई ?

बैंकिङ खबर । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ५५० जनाका लागि जागिर खुलाउँदैछ । यो साताभित्र नै भ्याकेन्सी खुलाउने गरी तीव्र गतिमा तयारी भइरहेको बताइएको छ । 

बैंकको संचालक समितिले ५५० पदमा आवेदन माग्ने प्रस्तावलाई स्वीकृति दिइसकेको छ भने आवेदन खुलाउनका लगि लोकसेवामा समेत पठाइसकिएको छ ।

अब लोकसेवाले नियमित तालिका अन्तर्गत आवेदन माग गर्नेछ । इच्छुक नेपाली नागरिकले लोकसेवामार्फत खुलाइने भ्याकेन्सीमा आवेदन दिनुपर्नेछ । लोकसेवाले लिने लिखित परीक्षा पास भई अन्तरवार्तामा समेत पास भएपछि राष्ट्रिय वाणिज्य बैंकमा जागीर खान पाइनेछ ।