बैंकिङ खबर । यो साता काठमाडौँमा बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यसै सातादेखि सर्टिफिकेट धितोमा राखेर बैंकबाट ऋण पाउने व्यवस्था पनि कार्यान्वयनमा आयो । समग्रमा, साताभरका प्रमुख बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छ :
सिर्टिफिकेट धितो राखेर बैंकबाट ऋण
नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको छ। अब बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म शैक्षिक कर्जा दिन पाउने छन् ।शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइनेछ । लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन्।
बीमा सम्मेलन
नेपालमा सञ्चालन भएको २१ औं विकासशिल राष्ट्रहरुको बीमा तथा पुर्नबीमा कम्पनीहरुको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको दोस्रो अर्थात अन्तिम दिन बीमा पहुँच, बीमामा प्रविधिको प्रयोग र लघबीमाको बिषयमा छलफल भएको छ ।सम्मेलनले आगामी २२औँ सम्मेलन सन् २०२० मा घानामा गर्ने निर्णय समेत गरेको छ । मंगलबार संगठनको सम्पन्न २१ औ साधारण सभाले नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाहलाई अध्यक्षमा चयन गरेको छ ।
थोक मुल्य सर्वेक्षण
नेपाल राष्ट्र बैंकले सोमबार दोस्रो थोक मुल्य सर्वेक्षण सार्वजानिक गरेको छ । थोक मुल्य सर्वेक्षण गर्नका लागि सात वटा मुल्य सुचकांकहहरुको निर्माण गरिन्छ । जसमध्ये नेपाल राष्ट्र बैंकले ४ वटा मुल्य सुचकांकहरुको प्रयोग गरी थोक मुल्य सार्वजानिक गरेको हो । यसपटकको सर्वेक्षणमा २४ वटा बजार र २६२ वटा वस्तुको छनौट गरिएको छ ।
शाखा तथा सेवा विस्तार
सुर्खेतको गुर्भाकोट नगरपालिका, कैलालीको गौरीगंगा नगरपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, पर्साको पटेर्वा सुगौली गाउँपालिका तथा रौतहटको मौलापुर नगरपालिकामा आशा लघुवित्तले शाखा विस्तार गर्यो ।
रुपन्देही जिल्लाको तिलोत्तमा, पर्सा जिल्लाको बरियारपुर, रौतहट जिल्लाको चन्द्रपुर, सर्लाही जिल्लाको मलंगवा र महोत्तरी जिल्लाको बलवामा स्वाब लम्बन लघुवित्तले शाखा विस्तार गर्यो ।
सिराहा जिल्लाको लाहन, गोलबजार र मिर्चैया तथा सर्लाही जिल्लाको लालबन्दीमा मुक्तिनाथ विकास बैंकले शाखा विस्तार गर्यो ।
मेगा बैंक नेपाल लिमिटेडले पर्वत जिल्लाको कुश्मा नगरपालिकाको ज्ञादीमा शाखारहित बैंकिङ्ग सेवा एवम् काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टर र टेकु अस्पताल तथा सुर्खेतको वीरेन्द्रनगरस्थित आर्मी ब्यारेक अगाडि एटिएम सेवा सुरु गर्यो ।
नेपाल बैंक लिमिटेडले मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ५ सानोपोखरामा शाखा स्थापना गर्यो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले रुपन्देही जिल्लाको देवदह नगरपालिकाको खैरेनी र शुद्घोधन गाउँपालिकाको फर्सा्टिकरमा शाखा कार्यालय खोली वित्तीय कारोवार शुभारम्भ गर्यो ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले धनकुटा उप–शाखा र अछाम उप–शाखाको एकै साथ शुभारम्भ गरी कारोबार सुरु गर्यो ।
संस्थागत सामाजिक उत्तरदायित्व
मुक्तिनाथ विकास बैंक लिमिटेडले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयलाई एक लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गर्यो ।
अन्य
२०७४ असोज ८ गतेबाट औपचारिक रुपमा व्यवसाय सुरु गरेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रथम वर्ष सफलताका साथ पुरा गरि दोश्रो वर्षमा प्रवेश गर्यो ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६१ जना शाखा प्रबन्धकहरुलाई पोखरामा तीन दिने शाखा व्यवस्थापनको तालिम दियो ।