September 27th, 2018

प्रभु लाइफ इन्स्योरेन्सले एकै साथ संचालनमा ल्यायो दुई नयाँ उपशाखा 

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले २०७५ असोज ११गते विहिवारदेखि आफ्ना नयाँ दुईउ प–शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । कम्पनीले धनकुटा उप–शाखा र अछाम उप–शाखाको एकै साथ शुभारम्भ गरी कारोबार सुरु गरेको हो ।

धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक कार्यक्रमका बीच धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले अछाम उप–शाखाकार्यालयको उद्घाटन गरे । 

कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जिवन बीमा जरुरी रहेको बताउँदै प्रभु लाइफ इन्स्योरेन्सले धनकुटाको बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।

अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोप बहादुर रावलले प्रभु लाइफ इन्स्योरेन्सले स्थानीय तहसम्म पुगी लक्षित वर्गहरुलाई जीवनबीमा सेवा प्रदान गर्न सक्षम हुने कुरामा आफु बिश्वस्त रहेको जानकारी गराए ।

नेपालको इमर्जिङ समूह, प्रभु समूह, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

दुई अर्ब चुक्तापूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले एक अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]