Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
इन्स्योरेन्स

सीईओको दुव्र्यवहारका कारण नेपाल इन्स्योरेन्सका कर्मचारी यसरी उत्रिए आन्दोलनमा

२०७३ जेष्ठ ११ गते

nepal insuranceव्यवस्थापनले कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । संस्थागत सुदृढीकरणको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका नेपाल इन्स्योरेन्स कम्पनीका कर्मचारीमाथि कम्पनिका सीईओले उजुरी दिएपछि कर्मचारी र व्यवस्थापनबीच विवाद झन् चर्किएको छ । कम्पनिका सीईओ चन्द्रसिंह साउदले कर्मचारी आन्दोलन दबाउन खोजेको र कर्मचारीहरुलाई कार्यालयमै गाली गलौज गरेका कारण आफूहरु आन्दोलनमा उत्रिएको युनियनका उच्च पदाधिकारीले बताए । करारमा बसेका सिइओले अनियमित ढंगले कार्यकाल लम्ब्याएर बसेको र कर्मचारीका अधिकार कुण्ठित गर्न खोजेको युनियनको भनाइ छ । कार्यालयका कर्मचारीहरुलाई अनावश्यक गाली गर्ने र थर्काउने प्रवृतिले गर्दा कर्मचारीहरु शोषित हुन पुगेकाले आन्दोलनमा उत्रिएको कर्मचारी युनियन स्रोतले बतायो । स्रोतले भन्यो ‘कार्यालयमा छिर्नासाथ कर्मचारीलाई थर्काउन खोजे । महिला कर्मचारीमाथि दुरव्यवहार गरे । बिनाकारण कारवाही गर्न भन्दै कार्यालयकै पाँच कर्मचारीको नाम पुलिस प्रशासनमा सिफारिस गरे । त्यसैले हामी आन्दोलनमा उत्रिएका हौँ ।’ नेपाल बैंक लिमिटेडको प्रमुख लगानी र सक्रियतामा स्थापित कम्पनीमा बैंकको बहुमत सेयर छ ।